म साँनै थिएं । मेरा बा गरिब थिए । आज जस्तै ।तिन्ताका झुस्स दाह्रीपालेका मान्छेहरु, आँखा खोपिल्टा परेका लुरे-लुरि मान्छेहरु सोल्डरब्याग भिरेर जंगलतिरबाट हाम्रो घरमा भात माग्न आउँथे । खाइवरी मुठ्ठी बटारेर आकास फोडुंला झैंगरी अभिवादन गर्थे र अलप हुन्थे !
तिनीहरु भन्थे "बा हामी तपाईंहरु र हामी स्वयंको खाँतिर लड्दैछौं । पुंजीवादी समाज हैन साम्यवादी समाजको स्थापना गर्न युद्ध गर्दैछौं । धनी र गरिब बिचको खाडल पुर्दैछौं । कोहि गरिब हुनेछैन सबै बराबर हुनेछौं ।"
तिनै मध्यका थुप्रै मान्छेहरु मैले पत्रपत्रिकामा र TV हरुमा देशबिदेश घुमेको देख्छु । हामी गरिबसंग भात मागेर खानेहरु सम्पन्न छन् आज । तर मेरा बा उस्तै छन् ।
"बा"लाई सोध्न मन लाग्छ-" बा ! हाम्रो लागी लड्नेहरु धनी भए हामी किन धनी भएनौं ? खै त बर्गिए खाडाल पुरिएको ?
"तर म यो प्रश्न मेरा "बा"लाई सोध्न सक्दिन मेरा बा धेरै आशावादी हुनुहुन्छ र तिनिहरुले धनीगरिबको खाडाल पुर्लान् भनेर फेरिफेरी भोट हाल्नुहुन्छ ! म कामना गर्छु मेरा "बा"को तिनीहरु प्रतिको बिश्वासले एक दिन रंग ल्याओस् । तर म यो असंभवप्राय देख्छु । तर म मेरा "बा"लाई भन्न सक्दिन - "बा तिनीहरुले झुट बोलेका थिए । तिनीहरुले क्रान्तीको नाममा हाम्रो मजाक उडाए ।"
0 Comments