करिब पाँच बर्ष जति भयो मैले ट्विटर एकाउन्ट खोलेको। भर्खरै प्लस टू सकाएको थिए र खालि समयको सदुपयोग गरौ भनेर ट्विटर चलाउन इच्छा लागेको थियो। त्यो दिन पानी परेको मौसम थियो र दिउसो तेस्तै ३ बजे तिर ट्विटर खोले, गोदावरी जादाँ खिचेको फोटो डीपी राखे र केही माँन्छेलाई फलो गरेमान्छेलाई फलो गरिसके पश्चात टाइमलाइनमा ट्वीटहरु देखिए। रमाइला ट्वीटहरु देखेर ओहो ट्वीटर त एस्तो पो हुने रहेछ भनेर मख्ख परे।
मैले फलो गरेका एकाउन्टहरु मध्य एउटा केटिको प्रोफाइल अत्यन्तै आकर्षित गर्ने खालको थियो, उनका फोटोहरु राम्रा त थिए नै साथसाथै ट्वीटहरु पनि अत्यन्तै मन छुनेखालका थिए। तेसपछि जति बेला ट्वीटर खोल्ने मौका पाउथे, उनको प्रोफाइल नहेरी बस्न सक्दिनथे।
उनका प्राय हरेक ट्वीटहरुमा फेव तथा कमेन्ट गर्ने मेरो दिनचर्या जस्तै भएको थियो। मैले जति नै उनका ट्वीटहरुमा कमेन्ट गरे पनि उनको रिप्लाई चाही कहिल्यै पनि आउदैन थियो, सधै नदेखे झैँ इग्नोर गर्थिन।
सदा झैँ एकदिन मैले उनको कुनै ट्वीटमा कमेन्ट गरे। तर त्यो दिन उनले खोइ के सोचेर हो, मेरो कमेन्टमा रिप्लाई गर्ने दुख गरिन् ।
"Hey man, what's your problem, why do you always comment on my tweets?"
यहि थियो उनको रिप्लाई । मैले केहि पनि भनिन । मात्र उनलाई अनफलो गरिदिए।..समय बित्दै गयो। सायद केहि महिना पछिको कुरा हो, यतिबेला मेरो पनि ट्वीटरमा केहि सय फलोवर पुगिसकेका थिए। तेस्तैमा एकदिन मेरो एउटा ट्वीटमा एउटा केटिको कमेन्ट आयो, Please follow me back भनेर। मैले फलो ब्याक गरे। एकैछिनमा डिएम आयो, उही फलो ब्याक माग्ने केटिको रहेछ। "Hi, remember me?...
एकछिन त अलमलमा परे, फेसबुक तिर भएका आफन्त र साथीहरु कसैलाई थाहा थिएन मैले ट्वीटर चलाउछु भनेर। को रहेछ मलाई यता चिन्ने भनेर एकछिन सोचमग्न भए । "No, I don't" मैले रिप्लाई गरे । उनको प्रोफाइल खोलेर हेरे, ९ जना फलोवर रहेछन। डिपीमा दुइ जना केटिको फोटो थियो, सायद कसैको बिहेमा....खिचेको हुनुपर्छ।
यो उही केटि थिइ जसले मैले ट्वीटर चलाउदाका सुरुवाती दिनहरुमा मलाइ मोहित पारेकी थिइ। चिनेर पनि मैले नचिनेको जस्तै गरे। "अरे कति छिटो बिर्सेको, म तेही हो जसले तपाइलाइ मेरो ट्वीटमा किन कमेन्ट गरेको भनेर मनपरी गालि गरेकी थिए नि, तपाइको insult गरेकी थिए नि" । ..."insult, कस्तो insult नि" मैले सोधे । "अरे , come on, तपाइँ कसरि भुल्न सक्नुहुन्छ। तेती बेला नै तपाइले केहि शब्द नबोली मलाई अनफलो गरेर धेरै कुरा भनेर रहस्यमयमै राखेर जानुभएको थियो, कसरि भुल्न सक्नुहोला र" उसले भनि । Its ok, पुरानो कुरा हो त्यो, मैले भने ।
0 Comments