तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै बधाइ मेरो भाइ ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ  ।
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।
दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ ।
दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।
ह्याप्पी बर्थ डे मेरो भाइ ।
मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म  ।
तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म  ।
Happy Birthday Kanxu💕