नयाँ बुहारी संग सासुआमा - बुहारी आज सारै गोडा दुखे हौ दबाइ देउ त।
बुहारी -:म बिहानै देखि काम गरेर थाकेको छु , म सक्दिन , सुत्न गए म।
श्रीमान कराउँदै -: ए फलानि....😡😡
सासु -: हे राम ! दुई दिन भएकी छैन आएकी अहिले देखि नै मुख चलाउन थाली यस्तै रहेछ यस्को घरको संस्कार !
बुहारी : आमा तपाईंहरू ले माग्नु भएको थिएन नि त ।
सासु : के भन्न खोजेकी ?
बुहारी : हो आमा,
तपाइहरुले दाइजोको लिस्ट मा सबै सामानको लिस्ट दिनुभएको थियो ,
(फ़्रीज, टी वी, AC,दराज , सुन का भए जति सबै गहनाहरु ..बेड, सोफा, वाशिंग मेशीन, डिनर सेट, र अरु घरका सबै आवश्यक सामान लेखिएको थियो )तर
#संस्कार
लेखिएको थिएन आमा , यो सब जुटाउन मेरो बाबाको घर बैकमा राख्नु पर्यो , आमाको गहना सुन पसलमा थुनियो ,घर सबै रित्तियो ☺️😐️ त्यही भएर #संस्कार घरमै छोडेर आए जहाँ यस्को कदर थियो ।।
0 Comments