मेरा "बा"को दाह्री,जुँगा फुल्न थालेको छ ! उमेर घर्किंदैछ ! र पनी…बालाई आज फोन गर्दा "केइ टेन्सन् नलि कान्छा एताको, जे गर्न परे नि हामी छम् ह्याँ । तँ आफ्नो ख्याल् गर् । दुखको पैसा खर्च जथाभावी गर्लास् भोलि सोंचेर आज खर्च गर्" भन्नुभो सधैंझैं । मेरा जस्ता "बा" सबैको होस् !!
"बा"को कुरोहरुले मलाई भट्कन बाट जोगाउने कवच् बनेको छ । संसारमा "पिता"को कति अहम् भुमीका हुन्छ बल्ल आज्कल बुझ्छु अलीअली । पैलापैला "कति कराउन सक्याहोला ?" झैं लाग्थ्यो !
…कहिलेकाहीं जिन्दगी देखि बिरक्त लाग्छ थाकेको महसुस हुन्छ ! तब आफ्नो "बा"लाई हेर्नु । "बा"ले गालिगर्दा होस् या मायांगर्दा भनेका शब्दहरु मनन् गर्नु ,अनि "बा"को जिन्दगी नियाल्नु । बा अझै थाक्नुभएको छैन ।
पिता कहिल्यै थाक्दैनन् "पिता" एउटा ज्युंदो पाठशाला हो ! पुत्रहरुको लागि !!!
0 Comments