ओलि भ्रम

                                               -दिपेश बराल
इतिहास नै खोज्ने हो भने ।
गिरिजाप्रसादले भारतसँग महाकाली सन्धी गरे । तर नेपाल आएर सन्धी होइन, सम्झौता हो भनेर झुटो बयान दिए संसदमा ।
एमाले पक्ष आन्दोलनमा उत्रिएको थियो । यो सन्धी हो भनेर र तत्कालीन संविधान अनुसार दीर्घकालीन असर गर्ने सन्धी संसदको दुई तिहाइ बहुमतले पारित गरे मात्रै लागु हुने प्रावधान थियो ।
सायद ४८ दिन संसद अवरुद्ध पारेको थियो एमालेले ।
सर्वोच्चले त्यो सन्धी नै हो भनेर निर्णय गरेको थियो ।
यहाँसम्म राष्ट्रियताको पक्षमा उभिएको थियो एमाले ।
जब संसदबाट दुई तिहाइ बहुमत चाहिने भयो तब एमाले अझ बिशेष ओलिलाई नै छट्पटी भयो यो सन्धी पास गर्न । ओलिले संसदमा महाकाली सन्धि पास भएर लागु भएपछि बार्षिक दुई खरब फाइदा हुने कुरा बोले र मध्यरातमा एमालेको पुर्ण सहमतिमा महाकाली सन्धि दुई तिहाई बहुमतले पास गरियो ।
यसबाट केपि ओलिको राष्ट्रवादी पहिचान थुन्सेले होइन, डोकोले छोपियो ।
नेपालीहरुमा भारत विरोधी धारणा अति प्रबल छ । त्यसको मुल कारण भारतको हेपाहा प्रवृति नै हो । बिभिन्न ठाउँमा सिमा मिचिएको कुरा सहजै जानकारीमा आउँछ किनकी हरेक ठाउँहरु सजिलै पुग्न सकिन्छ । जति नजिकको सम्बन्ध हुन्छ त्यत्तिकै मात्रामा एकअर्काको कमिकमजोरी पनि सहजै खुल्दै जान्छ । यि कुराहरु बुझेको नेपालीहरुमा भारत विरोधी भावना हुन स्वाभाविक पनि लाग्छ । सामान्य कुरामा पनि उत्तेजित हुने गर्छ नेपाली राष्ट्रियता ।
यस्तै सेरोफेरोमा भारतले नेपालमाथी लगाएको नाकाबन्दी नेपालीले सहने कुरो आएन । यसको भरपुर फाइदा उठाउने अवसर पाए ओलिले । पहिलेको भारतपरस्त छबी बोकेका ओलि नेपालीहरुको राष्ट्रिय भावनालाई उचालेर भारत बिरोधी भइ टोपले । यसले र माओवादीसँगको एकताले गर्दा उनले उठाएको कदमले उनलाई साथ दियो । फलस्वरूप चुनावमा उनले झन्नै दुई तिहाइ बहुमत प्राप्त गरेर बहुमतको प्रम बन्ने अवसर पाए ।
यसपछी फेरि उनले आफ्नो भारतपरस्त छबी बाहिर ल्याए । भारतियहरुको नजिक भनिएकाहरुलाई आवस्यकता नभएपनि सरकारमा सामेल गराउन थाले । कोशी उच्च बाँधलाईको इस्युलाई पानीजहाजको किस्सासँग जोडेर आए । नाकाबन्दीको समयमा चिनसँग दीर्घकालीन सम्झौता गरेको भएतापनि निर्वाचनपछिको बहुमतको सरकारले त्यसलाई खास प्राथमिकता दिएको देखिएन ।
नाकाबन्दीको समयमा चिनियाँ रेल आज कि भोली नेपाल आइपुग्ला जस्तो गरियो  । तर लुम्बिनीमा भारतिय रेलसेवा नै बिस्तार गरिने कुरा भयो ।