कसम 😒

छुटिने बेलामा उनले भनेकी थिइन "अब फेरि चुरोट खान नथाल्नु है"
मैले उनको अनुहारमा हेरेर भनेको थिए "अब तिमिलाइ के नै फरक पर्छ र?"
उनले आखा टिलपिल बनाएर सानो स्वरमा भनेकी थिइन "त्यस्तो नभन्न पिलिज खाएको कसम तोड्न हुन्छ?"
मलाई  उनको कुराको जवाफ आएको थियो तर छुट्ने बेलामा उनलाई रुवाउन चाहान्न थिए, मैले उनको अनुहार बाट नजर हटाउदै भनेको थिए "छोड यस्तो कुराहरु अरु भन"
उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकी थिइन "कहिल्यै खादिन भन्न पिलिज"
मैले केहि क्षण पछि बिस्तारै भनेको थिए "खादिन कहिल्यै अब भयो"
उनि आशु चुहिन लागेको आखाले मलाइ हेर्दै मुस्कुराएकी थिइन,अनि मैले भनेको थिए "मुस्कुराउदा सारै राम्री देखिन्छस मुस्कुराउन कहिल्यै नछोड ल।"
खैर हिजो जस्तो लाग्छ उनिलाइ त्यो अन्तिम पल्ट भेटेको,,
आज पनि मैले चुरोट पिउन छोडेको छैन, हरेक पल्ट जब म चुरोट सल्काउछु अनि उनि सङ्ग खाएको कसमको याद आउछ।।
फेरि सोच्छु के नै फरक पर्छ र आखिर कसम त कहिल्यै नछुटिने पनि त खाएका थियौ नि।।।।।।