१. लिखित कानुन बनाउने काम गरे जंगबहादुरले
२. अङ्ग्रेजी स्कुल खोले जंगबहादुरले
३. सति प्रथा हटाउने चन्द्र शमसेरले
४. दास प्रथा हटाए चन्द्र शमसेरले
५. पहिलो पटक मोटर ल्याए गेहेन्द्र शमसेरले
६. नेपालको अहिलेसम्मकै ठुलो उद्योग बिराटनगर जुटमिल जुद्ध शमसेरले
७. बिजुली उत्पादन शुरु गरे राणा शासनमा
८. हेटौंडा काठमाडौ केबल कार चलाउने राणा
९. मातातिर्थ घोरसिङ्ग केबल कार चलाउने राणा
१०. अहिलेको प्रधानमन्त्री कार्यालय बनाउने राणा
११. अहिलेको राष्ट्रपति कार्यालय बनाउने राणा
१२. बिभिन्न मन्त्रालय भवनहरु बनाउने राणाहरु
१३. शनिबार बिदा दिने राणा
१४. १० बजेदेखि ५ बजेसम्म अफिस लगाउने राणाहरु
१५. वीर अस्पताल, टिबि अस्पताल स्थापना गर्ने राणा
१६. सडकहरु महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, धरान धनकुटा राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ बनाउने पंचायत
१७. विश्वविद्यालय स्थापना २०१६ सालमा बहुदलिय प्रजातन्त्र
१८. पहिलो पटक शिक्षण अस्पताल (मेडिकल कलेज) चलाउने सरकारले पंचायती व्यवस्था
१९. पहिलो पटक टेलिफोन, हुलाक प्रचलनमा ल्याउने राणाहरु
#
खोइ बहुदलिय प्रजातन्त्र पछि नेपालको पहिलो भनिने के चलाइयो, बनियो नेपालमा ?
सांसदहरुलाई पजेरो किन्न भन्सार छुटको व्यवस्था बाहेक
#
हामीलाई महेन्द्र राजमार्गमा उभिएर महेन्द्रलाई गाली गर्न कत्तिको सुहाउँछ ?
न्युरोडको जुद्ध शमसेरको शालिक अगाडी उभिएर, शीतल निवास, सिंहदरबार अगाडी उभिएर राणाहरुलाई गाली गर्दा जुद्ध शमसेर, चन्द्र शमसेरहरु लाज मान्दा होलान् ।
हावाबाट बिजुली निकाल्ने गफ गर्नेहरुले सुनसरीको हरिपुरमा हावाबाट निकालिएको बिजुलिबाट मिल चल्थ्यो भन्ने थाहा छ नि । तर २०४६ पछि त्यो पुर्णरुपले हराएको पनि थाहा छ नि । त्यती बेला त यसलाई संरक्षण गरिनु पर्छ सम्म कसैले भनेको होइन ।