क्याम्पसवाली !

                 
               
जि
बनमा कहिले काही बिगतका घटना वा आइलागेका प्रसंगहरु स्मृतिपटल बाट हट्दा रहेनछन्, बिर्सीइदा पनि रहेनछन् । हामी ति घटना वा प्रसंगहरुको सम्झना गरौ नगरौ तर ति मानौ यादहरुको भुमरी बनेर हामी भित्रै पत्र पात्रजस्तो टासीएर बसेका हुदा रहेछन । येस्तइ घटना र प्रसङ्ग मध्ये एउटा छ – एउटी युवती संग भएको मेरो जम्काभेट । त्यो अपरिचित युवती थिइ । निला आखा भएकी केटि ।
                                          अनयासै मेरो भेट भएको थियो उसित । र पहिलो हेराइमै म ( र सायेद उ पनि ) हायाल कायल भएको थिए । म औसत १७-१८ बर्सको एक  अबिबाहित स्वस्थ तन्न्नेरी । अनि उ ? सुहाउदो उचाई भएको भरिलो शारीरिक स्वाभिमानी उ । गोरो बर्ण । लामो कालो कपाल । निधारमा सानो चिटिक परेको टिका । कुनै गहिरो सफा तालको पानि जस्तो निला आँखा र त्यो पनि हल्का गाजलले सिगारिएका । बाक्ला र गह्रौ जस्ता लाग्ने काला आँखीभौहरु । स्याउजस्ता राता र दुधले धोइएका भन्न सुहाउने गाला । र ति सबैभन्दा बढी सुहाएका सुन्तला केस्रे ओठहरु ।
                            उसको पहिरन सामान्य थियो तैपनि मलाई बिशेस लाग्थ्यो , सेती रंगको कुर्ता सलवार र तेस्माथि निलो रङ्गको सल । त्यो लुगामा उसको रुप-रंग र ब्यक्तित्व नै केहि बेग्लै किसिमको भान भैरहन्थ्यो ।
                            म सम्झनाहरुको आँखीझ्यालबाट चियाउन थाल्छु । उसको नाम के थियो होला ? येतिका धेरै वर्ष पछी मलाई ठ्याकै सम्झना हुन सकी रहेको छैन । उसितै सोधे जस्तो लाग्छ मलाइ । उसले भनेकी पनि  थिइ , सायद ............, सायद ...........!
                          “ किन ? नाममा के छ र ? “ मैले अचानक नाम सोधिदिदा , सेक्सपियरको ज्ञान बोकेकी नारि जस्तो प्रतित हुने , ऊ पहिले त अक्मकिएको जस्तो दिखिएकी थिइ । साथि हल्का मुस्कान पानि छाडेकी थिइ ।
                    हठात सम्झानाहरुको भुमरीमा एउटा कबिता तरंगीएर आयो
                             हुनु भयो
                            नहुनु भयो
                         एउटा मुस्कान ठोकिएर आँखामा ।
                           सुन्दरता आँखामा हुन्छ या हासो र मुस्कानमा ? म आफै भित्र अल्मलिन्छु । र फेरी सोच्न थाल्छु सुन्दरता छुनका लागि हैन , सुन्दरता त् हेर्नका लागी मात्र हो । छोयो भने त् सुन्दरतामा दाग लाग्न सक्छ, त्यो ओइलौउन् सक्छ  , तेसरिनै जसरि  अंगुर किसमिसमा फेरिन सक्छ ।
                                        निला आँखा भएकि  त्यो केटि आफ्ना केहि संगीनिहरु सित पनि बसेर कुराकानी गर्दै थिइ । उनि हरु पाँचथर क्याम्पस आगाडीको फलैंचामा थिए । सबै केटीहरु एकसाथ बोलिरहेका बेला पारखी हातले बजाएका तानपुराका तारमा झंकृत धुनजस्तो भान  हुन्थ्यो , चराहरुको चिरबिर जस्तो , धेरै कोहीलिहरु एकै पटक कुहुकुहु गरे जस्तो । मनले भन्थ्यो तपाई जता जानुस, जहाँ जानुस, जता बिचिरण गर्नुहोस , विश्वको कुनै छेउ पुग्नुस – नवयौवन केटीहरु जुनसुकै भासामा कुरा गरिरहेका होउन । उनीहरुको  मुखबाट निरन्तर निस्किरहने कुराहरु किन-किन सुमधुर र लयात्मक लाग्ने गर्छन । भाषा बुझिरहनु पर्दैन , बस त्यो सुरिलो झंकार सुनिरहे पुग्छ ।
                          ( तेसैगरी , यहानिर मलाई आफ्नो यो अनबिग्यता प्रस्तुत गर्न पनि सर्वथा उचित लाग्छ – कुनै स्वस्थ युवकको नम्र बोलि र मृदु मुस्कानबाट अथवा धेरै युवकहरु एक ठाउमा भेला भएर कसैको आवाज नचिनिने गरि  मिस्रित बोलि बोलि रहेका छन् भने त्यो अवस्थालाई युवतीहरुले कसरि ग्रहण गर्छन । अनि आफैलाई लाग्छ – यो भावना म पुरुसभित्र रहेको नारि आकर्सणको सहज उधबोधन थियो । अथवा आधुनिक नारिबादिहरुले चिच्याई चिच्याइ भनिरहेका थिए पुरुस अहम को नजानिदो अभिव्यक्ति ? )
                        तर ति सबै अभिव्यक्ति बाट पृथक , यहा त् सुन्दरता आफै म संग नजिक हुन , सम्बन्ध गास्न , र सायद मसंग अंगालोमा बेरिना उत्सुक देखिएको थियो ।
                        मसंग आँखा जुधे पछि फेरी उ मुसुक्क हांसी । ओ माइ गड ! त्यो साथक एक मुस्कान थियो वा नजरले कसैको हत्या गर्ने बलियो प्रयास । म केवल स्तब्ध हुन् सके । ट्वाल्ल चुपचाप मात्र उबिरहन सके । केहि बोलन सकिन बस हेरी मात्र रहे चुपचाप ....
                            ओहो त्यो हाँसो थियो वा कुनै छेप्यास्त्र । हाँसो मात्र थियो वा मतिर सोझ्येको कुनै अर्थ बाण ! अथवा सुन्तला केस्राभित्र लुकाइ राखिएका आनारदानाहरुका निर्भय प्रदर्सन । स्पस्ट नबुझे पनि मैले आफुलाई सम्हाले र उसको हाँसो मा हाँसो मिसाइ दिए । कुनै प्रयास गरिन उसको हाँसो बुझ्ने त्यो हाँसो , मायाको थियो ? स्नेहको थियो ? संघर्सको थियो ? बिसाद को थियो ? हर्सको थियो ? केहि थाहा भएन। मलाई त् बस उसको हाँसो मन परेको थियो । कस्तो सान्त , सरल , निश्चल ! निरन्तर हेरी रहू जस्तो ।
                           कतै पढेको सम्झना हुन्छ – मानिस मात्र एस्तो प्राणी हो , जो हाँस्छ । एकपटक पाइने जिबन बाँच्ने क्रममा मानिस अत्यन्तै धेरै संघर्ष र पिडा बाट ग्रस्त् छ । येस्तई अनेकौ पिडा र संघर्स बाट त्राण पाउन र बचनका लागि हाँसोको आविस्कार गर्नुपर्ने भएको हो । हाँसो बिनाको जिबन पनि के जिबन ? तैपनि मानिस – मानिसका हाँसोहरु मध्ये कति हाँसो रमाइला हुन्छन भने कति हाँसोमा आँसु भरीएका हुन्छन । नजिक भएर पनि मसित नजिक हुन नसकेकी त्यो केटिको मधुर मुस्कान कस्तो  थियो रमाइलो अथवा आँसु भरीएको ? हत्तपत्त थाहा हुन सक्दैनथ्यो ।  किनभने , उ आफैमा एक पृथ्वी थिइ , एक  अन्तरिक्ष थिइ , एक ब्रम्हाण्ड थिइ । र स्रिस्टको सर्वाधिक सुन्दर रचना थिइ ।
                             उसले मसित केहि भन्न खोजि रहेकी थिइ तर सायद अन्य साथिसंगीहरु संगै भएर होला , उ मसित खुलेर कुरा गर्न सकिरहेकी थिइन् । उ जतिखेरै म तिर हेर्थी , केहि मुस्कुराउथि , केहि भन्न खोजे जस्तो गर्थी तर हामी बीच थप केहि संवाद हुन् सकेको हुदैनथ्यो । एस्तो लाग्थ्यो , कतै एउटा मौन चिच्याहट छ , जसले हामि लाइ एक अर्का सित नजीक जान हुटहुटि लागिरहेको छ । तर , त्यो मौन चिच्याहट हामीबाट धेरै टाढा भए जस्तो महसुस भईरहन्थ्यो ।
                     मलाई लाग्थ्यो , पहिलो भेट र पहिलो हेराईमा कस्तो पो प्रेम हुन सक्थ्यो र ! त्यसकारण त्यो प्रेम थिएन । किनभने , प्रेम इच्छा गर्दैमा त् हुने गर्दैन , तेस्लाई पाउनाकालागी कठोर तपस्या र त्यागको आवस्यता पर्दछ । त्यहाँ त् नकुनै मैले त्याग गर्नु परेको थियो नत तपस्या नै । थियो त् केवल पहिलो हेराइको पहिलो आकर्सण मात्र । ( तर , कसरि अस्विकार गरु म- त्याहि हेराइमा पनि भाबी सम्बन्ध को बिजान्कुरण हुने सम्भावना त् त्यतेकै थियो नि ! ) म उसलाई एती भन्न पनि त सक्दिन थिए – म तिमीलाई कति माया गर्छु , त्यो  त भन्न सक्दिन तर एती चाहि भन्न सक्छु – तिमि बिना म बाच्न सक्दिन । त्यस्तो भन्नु बहुतै हतारो हुने थियो ।   .......................... to be continued.