हे बाबा !

                         तिम्रा पनि त गुनासाका पोका होलान नि हगी, कति दुख गरेर घर खर्च जोहो गरेउ ......... केवल भान्सा धानेर बसेकी आमाले तिम्लाई ओझेलमा पारिन ! आमा त् दुख पर्दा रुन्थिन, सारीको सप्कोले आसु पुच्थिन, कपाल जगल्टो पारेर मुख लुकाउथिन ....... तिम्लाई त् समाजले त्यो पनि बन्चित गर्यो मेरो बाबा !

                                सारा समाज पराइ हुदा आमाको त मईत् जाने विकल्प थियो ....... तिम्रो त् त्यो पनि थिएन ! तनाब त तिम्लाई पनि त हुदो हो नि मेरो बाबा ! तिम्ले मेरो लागि तेत्रो दुख गर्यौ ..... तर दुख पर्दा हरेक पटक “ ए आमा “ भन्छु दुख पर्दा सुरुमा “बाबा” सम्जियोस भन्ने रहर त् तिम्लाई पनि त हुदो हो नि मेरो बाबा !

                                        तिम्लाई घर खर्च जोगाउन गारो थियो ... म किस्ने को पसल बाट मनलागी उधारो खान्थे ! उधारो ऋण तिर्ने बेला कति गारो भयो होला मैले कहेल्यै सोचिन मेरो बाबा ! आमा ले लसुन बारीमा लगेर नुहाइदिन खोज्दा जाडो भएर भाग्न खोज्थे ......... मलाई पाखुरामा समातेर ढाडभाचिने गरि कुट्थिन , तिम्रो मन भाकनिदो हो नि मेरो बाबा !
love you Dad


                                           म खसीको मासु खान जिद्दी गर्थे ......... पारि पारि सम्म पुगर भएपनि ल्याउथेउ ! मलाई ह्याकुलो दिन्थेउ , खाने रहर त् तिम्लाई पनि त हुदो हो नि मेरो बाबा ! बाबा तिम्ले दुख गरेर कमाएको पैसा आमाले चकलेट किन्न दिन्थिन ........ हामी बाउले भन्दा आमाले माया बढी गर्छिन भन्थ्यौ ! मैले तिम्रो गुन देख्न सकिन मेरो बाबा ! छोरो नबिग्रियोस् भनेर तिम्ले झपारी झपारी सहि बाटी ल्यौथौ ........ आमाले त केवल सान्तवना मात्र दिएकी थिइन् ......... मैले तिम्रो गुन देख्न सकिन मेरो बाबा !

                                                                    रुखको टुप्पो मा चढेर डाला काटथेउ , आमा त भुइमा बसेर बटुलथिन ........ हागो भाचिएर लड्दा तिम्लाई पनि त दुख्दो होनी .......... तर तिम्रो गुन कहेल्यै देखिन मेरो बाबा ! बिहानै बन्चरो काधमा हालेर जंगलजन्थेउ …. तिम्ले चिरेका दाउराले आमा खाना पकौथिन ! आमाले मिठो पकाएको देखे तर तिम्रो त्यो गुन देखिन मेरो बाबा !

                                               राति कोहि आए भित्र हामीलाई छोडी तिमि बाहिर जन्थेउ आमाले भित्र-भित्रै आफु डराएर हाम्लाई सान्तवना दिन्थिन ......... डर त् तिम्लाई पनि त् हुदो हो नि मेरो बाबा ! तनाब मथर पार्न कहेले कहिँ रक्सि पिएर औथ्यौ आमाले “ कुकुरको झोल खाएर आयो”  भन्दै बासको चिर्पटले हान्थिन , तिम्रो व्यथा मैले बुझ्न सकिन मेरो बाबा !

                                    तिम्ले खर्च जोहो गरेर पडायो .... आमाले एकछिन खेल्न जा भन्दा माया देखे, तिम्ले भबिस्य बनाउन गरेको मेहेनत देख्न सकिन ! चित्त दुख्यो होला नि मेरो बाबा ! छोरोले बिदेसबाट फोन गर्दा पनि उसको पैसा बढी कट्ला भनेर छिटो छिटो संचोबिसंचो सोधेर फोन राख्नु हुन्छ ...... कुरा गर्ने रहर त हुदो हो नि बाबा :)

 हो मा सधै बाको मुख हेर्छु

मोबाइलमा रिचार्ज गर्न परे हेर्छु

कलेजमा पैसा तिर्न परे हेर्छु

नया कपडा किन्न परे हेर्छु

साच्चै , सधै हेर्छु ।

जिबन भर खुशी बनाउन सकु, नसके दुखि कहिल्यै बनाउने छैन

#संकल्प #father’sday