आज न त म झ्याप नै छु नत कुनै मातमा
नै छु । म रातको २ बजे एक्लै कोठामा छु मन ठाउमा छैन, मनमा एउटा कल्पना आयो एस्तो भएको
भए तेस्तो भए ...............अनि ल्यापटप लिएर लेख्दै छु
( यो सबै मेरो
कल्पनामात्र हो यदी कसैको जिबंनसंग मिलेमा वा कुनै घटना मिलेमा माफी दिनु होला ................
)
यो काहानी एक केटि ( परि ) अनि केटा ( हाउडे ) को
बारेमा छ । परि जो सानै देखि साथिहरु संग रमाउदै हुर्केको छे , जो आफ्नो साथीहरु
संग धेरै रमाउछे । सानै देखि सोझी अनि धेरै चकचक नगर्ने स्वभावको थिइ परि । उ रुन जाँन्दछे
तर आफ्नो आँसु अरुलाई देखाउन जान्दिन ........ आफु हाँसेर न अरुलाई हसाउन नै सक्छे
तर उसमा एस्तो खुबी छ कि उसको मुहारमा सधै एकनासको खुसि छाउँथ्यो । उ सबैको प्यारी
थिइ , सबै जना उसलाई माया गर्थे । कल्पनाको कटो (हाउडे) नाम जस्तो काम पनि तेस्तै
थियो , सानै देखि चकचके अनि जिद्दी
स्वभावको । दिन रात अनि वर्ष बित्दै गए ... दुवैको आ-आफ्नो ठाउँ मै स्कुल , कलेज लाइफ
सकिदै गयो । परि मेहेनती बिद्यार्थी थिइ तेसैले केहि गर्ने सोच उसमा सधै थियो अनि
उ CA गर्न गइ भने हाउडे चाही +२ सकेर US try गर्न TOFEL गर्न जान्छ, तर उसको न कुनै उधेस्य छ न कुनै गन्तब्य नै छ । साथी हरु को लहैलहैमा लागेर US
APPLY गर्दैन । अनि उ पनि CA पढ्न पुग्छ । नया साथीहरु नया नया अनुहार अनि सबै को आफ्नै आफ्नै ताल ।
समय बिस्तारि बित्दै गयो परि ले असल साथि हरु को संगत गर्दै गइ ....... तेस्तै मा
हाउडे संग उसको भेट हुन्छ । त्यो केटा जो न आफ्नो मतलब गर्थ्यो नकि अरु को । आउने
एकैछिन बस्स्यो फेरी अल्छि लग्यो क्लास छोडेर जाने गर्थ्यो । उ कोहि संग बोल्दैन
थियो अन्तिम बेन्चमा गएर सुत्दै बस्ने
गर्थ्यो , एउटा क्लास लिएर भाग्ने गर्थ्यो । उसलाई सबैले अब चिन्ने भै सकेका थिए ,
उ संग न कोहि बोल्थ्यो तर पनि खराब आचरणले गर्दा सबै को परिचित थियो उ । तेस्तै २ -
३ महिना पछि सबै घुलमिल भै सकेका थिए । परि अनि हाउडेका आफ्ना आफ्नै साथिहरु भए । एकदिन हाउडे
बिराम पर्छ अनि क्लास जना सक्दैन, परिले फोन मार्फत उसको हालचाल बुज्छे ..... तेसरी नै दुइ पात्र को मेल हुन्छ ।
अब दुवै मिल्ने साथी भै सकेका छन् , दुबैका कुराहरु मिल्छन् । परि सधै
सम्झाउने गर्थी कुलत छाड भनेर , हाउडे एउटा कानले सुन्थ्यो मात्र । एकदिन क्लास
चल्दै थियो हाउडे परीलाई एक टकले हेरी रहे थ्यो । दुवै मिल्ने साथी भएको हुनाले के
भैरहेको छ भनेर कसैले संका गर्न सकेनन । ओइ के भयो ? उसको साथी बोल्यो .... तब मात्र उ ब्युझे झैँ भयो । उसको मनमा कुरा
खेल्दै थियो । म किन उसलाई हेर्न पुगेछु ? जति हेरे नि किन मेरो मन, आँखा थाक्दैन ?
किन मलाई उसको बढी चासो हुदै छ ? उ सोच्न बाध्य भयो के यहि हो त माया ? के म उसलाई
मन पराउन त थालिन ? येस्तै येस्तै कुराको भुमरीमा उ उल्झिन थाल्छ । उसले उसको मनको
कुरा कसैलाई भन्दैन .................. पछि साथीहरु संग घुमघाम हुदा , पार्टी हुदा
सबैले थाहा पाउछन अनि जिस्काउन थाल्छन् । उ लजाउथ्यो अनि चुपचाप रहन्थ्यो । माया त
हो मनमा धेरै बस्दैन ...... उ पनि एक दिन मनमा कुरा भन्न तयार रहयो तर साथि हरु
संग बुझ्दा प्रोमिस गर्नु भन्दा नगरेकै राम्रो भन्ने बुझ्यो । मन खिन्न भयो उसको
आफ्नो मनको कुरा भन्न बल्ल जोश जुटेको थियो सबै बेकार भयो । हाउडे बिस्तारि परि ले
भनेको कुरा हरु मान्दै गयो । सबै कुलत छोड्यो, राम्रो बन्न कोसिस गर्न थाल्यो ।
परिक्षा आयो सबै तयारीमा जुट्न थाले तर उसलाई पढाईको कुनै मतलब नै थिएन । पढ्नमा
उसको मन जादैनथ्यो । exam सकियो result
आयो कोहि पास भए कोहि फेल । साथि हरु छुटिन थाले ।
हाउडे अब नेपालमा पढिनन् भनेर बाहिरको लागि Try गर्न थाल्यो, सुटुक्क कसैलाई नभनी । त्यो कुरा परीलाई थाहा भयो अनि
हामी संगै apply गरु भनी कुरा गर्छे ।
उसले ओके गर्छ... बिस्तारि समय बितेको पत्तै हुदैन । एक दिन उसले मनको सबै कुरा
भन्छ तर परि ले म सोचेर भन्छु अहिले मैले तेस्तो सोचेको छैन भनेर उतर दिन्छे । तर तेस्को केहि दिन पछि yes
भन्ने उत्तर आउदा हाउडे धेरै खुसि हुन्छ दुवै
संगै aboard को लागि apply गर्न जुट्छन । तर हाउडे को bad luck परि को visa लाग्छ उसको लाग्दैन । दुबैको सपना चकनाचुर हुन्छ , छुट्ने समय नजिकिन्छ
। हाउडे जो आफ्नो साथीहरु संग धेरै समय बिताउने मान्छे सधै एक्लै बस्ने, सधै अरु
को मतलब नगरी हाँसी रहने मान्छेको मुहारमा हाँसो हराउछ । परि गएको ३ महिना बित्छ
...... हाउडे मेल गर्थ्यो तर नि उसको आँखाको आँसु थाम्न सक्दैन्थ्यो । उता परीको
पनि उस्तै हाल थियो नंया ठाउँ कोहि चिनेको छैन survive हुनु छ साथि नि छैन, उसलाई नि पिडा थियो परदेशमा । सधै हाउडे लाइ
भन्ने गर्थी चांडो आउन है भनि उ केवल हस भन्न मात्र सक्थ्यो । बिछोड को समय बित्दै
गयो ,परि आफ्नो बेस्तताको कारणले हाउडे संग कुरा गर्ने समय निकाल्न सक्दैनथि ।
बिस्तारि दुवै जना टाडीदै गए । हाउडे मेल
गर्छ “ malai mail garna ni time 6ena hai ” भनेर , दुवै जना एक
अर्का संग रिसाउन थाल्छन् । परि नया ठाममा adjust हुन अनि पढाईलाइ जोड दिन थाल्छे, उसको मनमा हाउडे प्रति को माया
घट्दै जान्छ । बिस्तारि उसको मन ढुंगाको झैँ बन्न पुग्छ अनि उ हाउडे को आँसु पनि नदेख्ने
बन्न जान्छे । उ आफ्नो प्रेमलाइ बलिदान दिन तयार हुन्छे , आफ्नो घर परिबार अनि आफ्नो
aim को लागि तर हाउडे तयार थिएन ।
हाउडे सोच्थ्यो परि एकदिन फर्किन्छे फेरी उसको
माया ले परिलाइ तान्छ भनेर तर परि भने उसलाई भुल्ने भै सकेकी थिइ । उसलाई हाउडेको
जरुरत थिएन ,उ अब एक्लै बाँच्ने भै सकेकी थिइ । उसको याद आएपनि भन्दिन थिइ । हाउडे
भने मनमा लागेको कुरा सबै भन्थ्यो तर परि ले वास्ता गर्न छाडी सकेकी थिइ । अब
बिस्तारि दुवै टाढिन थाल्छन् न परि call गर्न सक्छे त न
हाउडे नै गर्छ । हाउडे मनको पिडा आफै सहन्छ अनि परि आफ्नै aim पुरा गर्न अघि बड्छे । दुवै छुटिन पुग्छन ,
दुबैले बिताएका समय एक भुल सम्झदै आफ्नो समय बिताई रहेका छन् ।
तर माया कसरि भुल्न सके ..........................
जब संगै थिए तब कहेल्ये नछुटिने कसम खाने २ जना अहिले कसरि टाडीए । समयको खेल
भन्दै किन दुवै जना किन आफ्नो गल्ति अरु माथि थोपर्दै छन् ....? थाहा छैन पछि २ जना
को मेल होला कि नहोला , तर मेरो मनमा धेरै प्रस्न उठ्यो .... किन ? कसरि ? छुटिन तयार भए दुवै ........ के समय नै हो त
दुवैलाइ छुटाउने .... ? के दुवैले आफ्नो विचार अनि भावना लुकाउन सकेरै होत
.......... ?
किनआज
फेरी म गीत सुन्दै सोच्न पुगे त्यो हाउडे अनि परि को बारे मा ............
जीवन कहाँ सम्म पुग्ला त् ? के जिबनमा फेरी त्यो पास्टमा घटेको घटना
दोहोरिएला त ? जस्तै हाउडे अनि परि कति खुसि थिए त्यो बेला मा । अहिले न उनीहरु एक
अर्का संग कुरा गर्छन न संगै नै छन् ... के समय फर्किएला त ? मेरो मनमा एस्ता
बिभिन्न प्रश्न हरुले डेरा जमाउछ अनि हातमा भएको चुरोट र ल्यापटप संगै बस्दै मन डुलाउदै
छु हाउडे लाइ सोच्दै .............. के सबै गल्ति उसकै होत ? के पिर हाउडे लाइ
मात्र छ होला त ? के परि चाही खुसि नै होलि त ? सायद ..... म पनि केटा भएको भएर होला
हाउडेकै समर्थनमा लेख्दै छु ...... उ न त गल्ति को माफी नै माग्न सक्छ न त गल्ति
नै थाहा पाउन ... के माया भनेकै यहि हो त ?? तड़प, बिछोड अनि सहनसिलता ......
जहिल्यै तड्पिनु पर्ने जहिल्यै बिछोडका कुरा ले मनमा घाउ बनाउने अनि जैले उसको कुरा
साथीहरु को मुखबाट सुन्दा सहेर बस्न पर्ने ..... के यहि हो त माया भन्नु के यहि हो
त बिछोड अनि तड्पाई .... सायद ..... सायद यहि होला ... एक युवा जो जिद्दी , बदमास
अनि कसैको कुरा नसुन्ने छ यो समयमा । त्यो केटा बदलेको छ जिद्दी पनि छ , कसैको
कुरा पनि सुन्दैन तर पनि सुध्रिएको छ । ३-४ वर्ष अघाडी न कसैलाई respect गर्न जान्दथ्यो न आँसु नै देख्दथ्यो । अहिले
आफुलाई respect दिने लाइ respect नि गर्छ अनि आँसु नि देख्छ तर आफ्नो बगेका
आँसुका धारा भन्दा कम । आफ्नो आंसु कति
बगे होला त्यो उसलाई नै थाहा होला अनि कति माया को लागि तड्पीयो होला । मनमा माया अनि मुटुमा चोट लिएर हिड्न सकिदैन
रहेछ, हाउडे पनि तेस्तै भएको छ । उसको ब्यबहारमा साथीहरुले फरक
भेट्दै छन सायद यो पहिलाकै जस्तो त हुन लागेन ... ?? पहिला जस्तो थियो तेस्तै रिसाहा , झर्किने , फर्किने ... नत्
समस्या नै भन्छ न केहि रेस्पोंन्स नै गर्छ । एक्लै बस्छ ....सायद माया बिचमा आयो
कि फेरी ? सायद तडपाईले उसलाई फेरी पहिलाकै अवस्थामा पुराउदै छ कि ? म नेपथ्यमा
बसेर कुनै नाटक हेरे झैँ एक कथाको कल्पना गर्दै छु , मेरो आँखा बाट थाहा नै नभई आँसु झरी
रहे छन । त्यो हाउडे को जिबन , परिको लागि उसको माया अनि एक्लै बस्दै पुरानो दिन
भुलौन नसकेर भुल्न को लागि बल्दै गरेका चुरोटका ठुटाहरु ............... हाउडे फरक छ अरु भन्दा न जोश छ न कुनै जाँगर नै
उ संग , छ त दुखि मन अनि धुँवाको मुस्लो । भन्छन
हिरा काट्न हिरा नै चाहिन्छ तेस्तै केटि मान्छे को याद मेटाउन केटि नै चाहिन्छ । तर हाउडे न त भुल्न खोज्छ न त भुल्न नै
सक्छ । उसको जिबनमा घटेको ति घटनाहरुले धेरै कुराहरु
सिक्ने बनाउछ उसलाई । जुन दिनमा उसले माया ,घृणा , आदर , दुख अनि सुख बुझेको थियो
त्यो उ चाहेर पनि भुल्न चाहदैन । म यो कथा बाट आफ्नो मनमा लागेको प्रश्न आफैलाई २-३
वर्ष पछि सोध्न लेख्दै छु सायद म आफै ये प्रस्न को उत्तर पाउछु होला जसरि यी
प्रस्न हरु पाए ।
आज फेरी म झ्याप छु
सधै जस्तै फेरी मनमा कुरा उठ्न थाल्यो अनि
निरन्तरता दिदै छु त्यै हाउडे को कथा ...... भुल भए माफ ........................
हाउडे जो दुख अनि सुख संग , साथी सबै बाट टाढा छ आज । जो साथीको साथ भए दुखमा संगै रुने अनि सुख मा रम्ने
गर्छ, आज एक्लो छ , बिरानो देशमा एक्लो जिबन बिताउदै हराउदै छ । न
त उसलाई साथीको साथ केहो थाहा छ न त खुसि नै, न त उसको दुख कसैलाई थाहा छ न त solution
नै । लाग्छ हाउडे जो सधै खुसि हुन
चाहन्थ्यो रमाउन जान्दथ्यो त्यो व्यक्ति आज हराउदै छ सायद लाग्छ मन भरि को पिडा लुकाउदा
लुकाउदै त्यो पिडा मै उ दबिदै छ । भन्छन दुख बाड्यो भने कम
हुन्छ तर न हाउडे भन्न् नै सक्छ न त त्यो दुख संग लड्न नै ।
हाउडे परि को बारेमा कसैलाई न केहि कुरा गर्न सक्छ न केहि भन्न नै तर
सबै जना किन हाउडे संग परि कै कुरा गर्छन ? परि ले त भुल्दी त ति दिनहरु तर कसरि
सक्नु पागलले जो माया मा येसरी लिप्त भएको थियो कि जसलाई प्रेम बाहेक अरु केहि सुख
नै थाहा थिएन । न त भुल्न सक्छ न त पाउन नै । परि ले त सबै संग हाउडे को बारेमा
भन्न सक्छे होला तर हाउडे न त सोध्न नै सक्छ न त म एस्तो छु भन्न नै । यी सब
कुराहरु बिर्सन लाइ उ पहिलाकै जिन्दगि बिताउदै छ । दारु , चुरोट , जेमा नशा हुन्छ
त्यै । जुन कुराले एकछिन भएनी भुलाउछ कि भनेर तर, केटाहरु भन्छन उसलाई “ त खाँदा नि त्यै कुरा
गर्छस नखादा नि “ कसरि भुल्नु सजिलै उसले ति दिन हरु । जब बिहान हुन्छ तब याद आउंछ
, जब रात पर्छ तब तिम्रो याद आउछ , भन्न
मन लाग्छ तिमीलाई शारा मनका कुरा , तिमीलाई अंगालो हालेर रुन मन लाग्छ , ति दिनहरु
कसरि बित्ये भन्न मन लाग्छ तर सक्दैन .......
म संग त्यति छ्यमत छैन तिमीलाई भुल्न न त अब तड्पीन नै “ ।
माया एस्तो शब्द हो जसले न त मान्छे लाइ दुख
दिन्छ न त सुख नै .............. दुख त्यो
बेला मा दिदैन जुनमा त्याग , विश्वास हुन्छ , अनि सुख त्यो बखतमा हुदैन न त्यहाँ
त्याग को महत्व हुन्छ न त विश्वासको नै । हाउडे ले आफ्नो मायामा त्याग, विश्वास सुम्पेको
थियो , जुन कुरा दिएको थियो आखिर तेस्को बदलामा के पायो त खै .. आँसु , दुख बाहेक ?
? ? जुन माया मा बलिदान चढायो त्यो माया मा नत कुनै चिजको प्राप्ति नै भेट्यो नत
कुनै खुसि नै , भेट्यो त बस आँसु अनि आंसुमै रुझ्दै गरेको एक दुखि मन । मायामा
विश्वास हुनु पर्छ अनि त्यो माया को लागि त्याग गर्ने क्ष्यमता हुनु पर्छ । तर
विश्वास अनि त्याग दुवै समर्पण गर्दा पनि साथ् मा छैन उसको प्रेम । भन्छ जसले
प्रेम, त्याग, समर्पण अनि बलिदान दिन सक्छन नि तिनको प्रेम अमर रहन्छ । हाउडे संग
बस उसको बितेको पलका यादहरु बाँकी छन् , ति पल संग भने आंसु । ति आँसु संगै काटिने
हात अनि संगै फुटेको मुटु ... मात्र टुक्रेको मन अनि घृणा मात्र छ माया प्रति .....................