कति अरुका कुरा गर्नु l

बाहिरी दुनियाँ देखेर हामि छक्क पर्छौं l म आफ्नै शरीर देखेर छक्क पर्छु l कति थोक मिलेर बनेको होला यो शरीर ? आफ्नै शरीर बारे मलाई पर्याप्त ज्ञान छैन l यत्रो ब्रह्माण्डको के कुरा ? यो भव र ज्ञानको अगम्य रहस्य बारे सोंच्दा नै बौलाउनु जस्तो हुन्छ l कति सिमित छ हाम्रो ज्ञानको दायरा l म निसासिन्छु l

हामि पृथ्वी भित्र छौं l यहाँ कति थोक होलान् ? छेउटुप्पो भेट्दैनौं हामि l यस्तो अथाह पृथ्वी सौरमण्डल भित्र छ l सौरमण्डल ‘मिल्की वे’ नामको आकाशगङ्गा भित्र छ l यस भित्र १० हजार करोड तारा र त्यति नै आकाशिय पिण्ड छन् l ५४ वटा आकाशगङ्गाको एउटा ‘क्लस्टर’ छ l यो देखि बाहिर ‘लियानिका सुपर क्लस्टर’ छ l यसमा मिल्की वे आकाशगङ्गा जस्ता १ लाख अरु आकाशगङ्गा छन् l यो आजसम्म खगोलले पत्तालगाएको हाम्रो ‘अब्जरेवल’ ब्रह्माण्ड हो l यस बाहिर के छ अझै पत्तालाग्न सकेको छैन l कतिपयले ‘मल्टिवर्स’को कुरा गरेका छन् l त्यस भित्र अरु कति ब्रह्माण्ड होलान् l हामि कल्पना पनि गर्न सक्दैनौं l कुनै विषयमा अलिकति ज्ञान हुँदा कहिलेकाहिँ मलाई ‘सुपेरियर’ हुँ भन्ने भ्रमले थिच्छ l यस्तै चोला लाख बार लिएर आएपनि हामि ज्ञानको दायराको एकछेउ पनि भेट्न सक्दैनौं l

फेरि, मभित्र के को दम्भ ?