हामीसँग ’जेन्टल म्यान’का अनेक मानक छन् l केस पाल्नु हुँदैन l कुन्डल लगाउनु हुँदैन l ग्रन्च पहिरिनु हुँदैन l ट्याटु हान्नु हुँदैन l छाडा बोल्नु हुँदैन l अरु थुप्रै होलान् l अफसोस्, यि सबै गुण छन् मसँग l ‘अभद्रता’को पराकाष्ठ यो भन्दा अरु के हुन सक्ला ?

अमेरीकीमाझ ‘जेन्टल क्राइम्’सम्बन्धी एउटा घतलाग्दो ‘डक्ट्रिन’ छ l यसलाई ‘व्हाइट कलर क्राइम्’ भनिन्छ l यसको सैद्धान्तिक व्याख्याप्रति मेरो बुझाई कम छ l भद्रताको आडमा गरिने सबै प्रकारका अपराध यसअन्तर्गत् पर्लान् l अमेरीकी समाजशास्त्री एडविन सदरल्यान्डले विकास गरेको यो ‘डक्ट्रिन’ले कुनैपनि अपराधमा सङ्लग्न व्यक्ति आफ्नो छवी ‘जेन्टल लुक्स’ले ढाकछोप गर्छन् भन्ने मान्दछ l राजनीतिमा होस् या कर्मचारीतन्त्र हाम्रोमा पनि यसको ‘बेनिफिट अफ् डाउट’ लिने जमात धेरै भेटिन्छ l

मलाई ‘जेन्टल क्राइम्’भन्दा ‘अभद्रता’ले बढी सुख दिन्छ आजकल l