भन भन भाई हो......उ भट्याउन लाग्यो लय मिलाएर।अरुहरु उसको लयमा ताल मिलाउदै देउसुरे भन्न थाले। उनिहरु जम्मा ३ जना थिए।भट्याउने करिब १३ १४ बर्षको हुदो हो,उसका जुगाका रेखी हल्काहल्का देखिन्थे।अरु २ जना तेही ११,१२ बर्षका जस्ता देखिन्थे।भट्याउनेको रवाफ गम्भिर थियो।उसले भट्याउदै गर्दा आफुले बोकेको बासको लौरोले ट्याक-ट्याक सार्हो भुईमा हिरकाउथियो मानौ त्यो हिर्काइले उसलाई अगाडीका हरफहरु याद दिलाउछ।भट्याउदा उसका घाटीका नसाहरु फुल्दथे,ती फुलेका नसाहरुलाई उसका खुम्चिएका निधारका धर्साहरुले साथ दिईरहेको जस्तो देखिन्थ्यो। अघिल्लो साझ लक्ष्मीपुजा पछी आगनको बिचमा बनाईेएको रंगोलिलाई उनीहरु यती सजकसँग घुम्दै थिए लाग्थो उपग्रहहरुले कुनै ग्रहको परिक्रमा गर्दैछ। देउसुरे भन्नेहरुको नजर अक्सर भुई र त्यही रंगोलितिर हुन्थ्यो,देउसुरे भनिसकेपछी अर्को देउसुरेको लागि उनीहरु होसियारपुर्वक पर्खिरहन्थेl भट्याउनेले राम्ररी भन भन्दा उनिहरुको देउसुरे साविकको भन्दा चर्को हुन्थ्यो।"आहै सुपारिको कुड्को.....एउटा साथी पुड्को" भट्याउनेले भट्यायो......त्यसपटकको देउसुरे बिसाउन नपाउदै अन्तिमको देउसेले अगाडिको उसको सहपाटीलाई कोट्याउदै हास्यो.... सायद त्यो पुड्को तै होस भनेर उ ईन्कित गर्न चाहन्थ्यो। संख्यात्मक तथा परिमाणात्मक हिसाबले आफु फसिसकेको बुझ्दै उ पनि चुपचाप बस्यो बरु आखीभौ खुम्च्याउदै एकपटक गिज्याउने साथीलाई पख्लासको भावले भने हेर्यो। "बारीमा अदुवा....एउटा साथी पदुवा" अब पालो उस्को थियो.... उस्ले फनक्क फर्केर साथीलाई उक्त तक्मा भिराई अघिको पैचो तिरो l उसको हाउभाउ देख्दा लाग्थ्यो कि उ ति हरफहरुको बेग्र प्रतिक्षामा थियो,कुनै युद्द जितेको अनुभती उसको मुहारमा झल्किन्थ्यो।केहीबेर भट्याईसकेपछी उनिहरु आशिष दिन तिर लागे। "यसैमा घरका बाबुआमा वरपिपल जस्तै तपिमा रहुन... " यसरी आशीष दिदा देउसेहरु अघीको भन्दा गम्भिर देखिन्थे।"ए लेकको काने औंलाको माने.....भट्याउनेले यती नै जाने।।" अन्तिम हरफ पस्केर उसले त्यो श्रिन्खलाको अन्त्य गर्यो।थकाई र उत्साह मिस्रित अन्तिम देउसुरे बोलदै देउसे मध्य एउटाले नाङ्लो को सगुन र चामल झोलामा हाल्यो र उनिहरु विदा भए।
त्यही रात अर्को टोली आयो... " दाई बत्ती छ हैन ? यो ज्याक उता जोडीदिनु न " कसैले भन्यो ....शायद त्यो टोलीको हर्ताकर्ता हुनुपर्छ उ। त्यो टोली ठिटाठिटीहरुको थियो। करिब १२ जना जतिको संख्या १६,१७ देखी २४,२५ उमेरसम्मका। "अ छ बत्ती......." उस्ले हातमा थमाईदिएको तार पक्रेर मैले स्वागतको मधुर मुस्कानसहीत भने। "एकछिन पख !साउण्ड सिस्टम जोड्दै छु।" कसैको प्रतिउत्तर स्वरुप उस्ले बोल्यो। सबै तयार भईसकेपछी गीत बज्यो "चिटिया कलैया बे ....." केटीहरुमध्य दुईटी मसक्क गर्दै नाच्न थाले। अरुहरु ताली र सिटी बजाउन व्यस्त देखिन्थे। कोही उनिहरुको नृत्य हेर्दै कानेखुसी गर्दैथिए ।उनिहरु नाचिसकेपछी अर्को नवयुवकको पालो आयो। उस्ले क्याप पछाडि फर्काको थियो,घाटिमा २,३ वटा लामाछोटा मालाहरु भिरेको थियो।उसको लागि गीत बज्यो "बुम बुम बुम...... " उ आफ्नै तालमा हस्याङफस्याङ गर्दै उफ्रिन थाल्यो। उसका सहपाटीहरु उस्लाई "होए होए...." भन्दै साथ दीईरहेका थिए। 'अब एउटा सिंगल डान्स.....' कसैले उसको नाच सकिन नपाउदै भन्यो।मैदानमा अर्की नवयुवती आईन।।। उनको गीत थियो "मलाई पुगेन,पुगेन यो बैसले"।सर्पको मुखबाट भर्खरै उम्केको भ्यागुत्तो उफ्रिएजस्तै बेपत्तासँग उफ्रिदा उफ्रिदै उनले आगनको रंगोलि कुल्चेर बिगारिदिन । त्यही रंगोलि जस्लाई दिउसोका ति बाल देउसेहरुले आस्थापुर्वक घुमेका थिए।म उनिहरुको प्रस्तुती हेर्नभन्दा पनि उनिहरुको अध्ययन गर्न व्यस्त थिए।१५ मिनेटको त्यो समयमा उनिहरुले न त देउसी-भैलो शब्द उच्चारण नै गरे न त कुनै आशिष नै दिए।अझ उनिहरुको हाउभाउ देख्दा यस्तो लाग्थ्यो उनिहरु त तिहारमा पनि सेलरोटीको साट्टो स्यान्डविच रुचाउछन अनि लक्ष्मीको सट्टा कुनै ब्याण्डको पूजा गर्न रुचाउछन। मलाई दिउसोका देउसेहरु याद आयो,उनिहरुप्रती अझ सम्मान बढ्यो। लाग्यो जानी नजानी भएपनी संस्कृति त तिनैले त जोगाईराखेका छन।