विशेष गरी युवापुस्ता आजभोलि देशभित्रै विभिन्न स्थानहरूमा यात्रा गर्ने, छुट्टि मनाउने तरिकामा पनि परिवर्तन आएको छ। यसैको एउटा उदाहरण हो पाँचथरको रानिटारमा रहेको साधुटारमा युवा पुस्ताको आकर्षण ।यहाँ घरेलू पर्यटकहरूको अलावा इलाम, ताप्लेजुङ लगायतका अन्य क्षेत्रबाट पनि युवापुस्ता रम्न आउने गरेका छन।


दुर्लभ पर्वतहरू वरपर नीलो तालमा देखिने कञ्चनजङ्घा र कुम्भकर्ण सहित अन्य हिमालि रङ्गहरूको प्रतिबिम्बमा बिदा मनाउनको लागि यो आकर्षक हट्स्पट भएको छ। तालको किनार देखिने गरि अलि माथी बाट खिचेको दृश्यहरु को तस्बिरले मनमा छुट्टै आनन्द आउँछ। अन्य दिनको तुलनामा अधिक व्यक्तिहरु शनिवार यस क्षेत्रमा भेटिन्छन।

मेची राजमार्गको पौवा भञ्ज्याङ् नजिकै र सुधारिएको सडक अवस्थाले यसको बडदो लोकप्रियतालाई झनै बढी योगदान दिएको छ।यो क्षेत्र सोशल मिडिया प्लेटफर्ममा अपलोड गरेको तस्वीरहरुको माध्यमले दर्शकहरु माझ प्रचारित भइरहेको छ, प्रबर्द्धन गर्न सकेमा यो जिल्लाकै पर्यटन हब बन्न सक्छ।