थाहा छ तिमीलाई कुनै बेला म तिम्रो दिलको राजा अनि तिमि मेरी रानी थियौ तर एक्कासी तिम्रो दिलमा आज गणतन्त्रको बहार आएको छ

मेरो अझै पनि एउटा सानो रहर छ
एउटा सानो टेबल दुईवटा कफी
अनि तिमि र म। 
के सम्भब छ ???  

याद छ पहिलो पटक घुम्न जादा तिमिले सोधेको
"मेरो बिस्वास कति लाग्छ " ? भनेर।
मैले रित्तो गोजी देखाएर भनेको थिए नि
"हेर त तिम्ले पैसा ल्याउछौ भनेर मैले पर्सनि ल्याएको छैन" भनेर।

थाहा छ तिमीलाई  कुर्ता सलवारमा छोडेको केस कति सुहाउथ्यो अचेल न तिम्ले कुर्थानै लगाउछेउ न मेरो हातको त्यो घडीमा तिम्रो सलनै अल्झिंन्छ न तिमि फर्केर हेर्छेउ नकि अब हाम्रो फेरी लब  नै पर्छ। अहिले त मेरो येस्ता पोस्टमा  मुर्छा परेर हास्छेउ होला है अनि पतिदेबलाइ “Baby you are the only reason I’m smiling” भन्दै मस्कानि जान्छ होला है ? देखेको नि छु फेसबुकमा धेरै पटक त्यो caption वाला फोटो!!

तिमि त VIP मान्छे यार सबै "ब्रान्डेड" मात्र रोज्ने म जे छु ठिकै छु तर याद गर एक दिन तिम्रो र मेरो ब्राण्ड एउटै  हुनेछ किनकि कात्रोको कुनै ब्रान्ड हुदैन मलाइ के थाहा त म पनि तेस्तै ब्राण्डेड हुन पर्छ भन्ने, थाहा भएको भए त म पनि bullet किन्थे, तिमि अलि पताली भएको भए duke किन्थे थाहा छ अझ डल्ली भएको भए Vespa किन्थे अनि अग्ली भएकी भए VR किन्थे अनि सुकेटार घुमाउन लैजान्थे तर म कुनै ब्रान्डवाला भईन। थाहा छ आज सम्म मेरो कुनै ब्राण्ड परिवर्तन भएको छैन नि अझै त्यहि पुरानो  हाती छाप चपल फ्याट-फ्याट पड्काउदै रत्नपार्क देखि बागबजारको बाटो हिड्ने गरेको छु चियाचुरोट पिउन।

था छ अझै मैले तिमिलाइ बिर्सन सकेको छैन, तर म तिमीलाई कसरि बिर्सन सकु,
                                     ३५ वटा रिचाज कार्ड
                    २५ प्लेट म:म
                      एउटा घडी
               अनि मेरो  त्यो कलिलो मुटु
सम्झ त ? याद आयो हो म तेइ mobile मा सेभ भाको RECHARGE GARNE DAI के !!!!!!!
                              याद आयो ?

अनि थाहा छ ????
मैले चाहेको भए मैले स्वर्गको अप्सरा पनि पट्याई दिन सक्थे किन तेसो गरिन थाहा छ ?
छोराछोरीलाइ मामा घर जान टाढा हुन्छ भनेर मात्र हो

त्यो रातको समयमा सुनसान सडकमा भर्खर फुल्न लागेकि कोपिला देखेर सकुसल घर पुर्याउदा मैले मेरो कर्तब्य ठानेको थिए तर उल्टो नामर्द को TAG  किन ?????  मा कसम तेति विश्वासिलो मान्छे त पकै नि  भेटिनस होला है आज बल्ल थाहा भयो केटा हरु लाइ ब्रेकअप गर्न धेरै सजिलो छ साला केटिलाइ बस असल व्यवहार देखाए पुग्ने रहेछ।

साला यो संसारै येस्तै रहेछ सबैलाई यहा रात बिताउन मात्र छ कसैलाइ केवल एक, कसैलाई जिन्दगि भर हरेक। अब त ब्यापार गर्न थाल प्रिय हासो देखाएर आँसु बिकाउने कला जो छ तिमीसंग। अनि डरपोक भन्नेहरु कान खोलेर सुन  डरपोक त ति मुजी हरु हुन् जो प्रेम गर्दैनन् अरे यार हिम्मत चाहिन्छ नि  यार बर्बाद हुन पनि।

भन्दा  गफ लाएको जस्तो हुन्छ तर अधिकांस मुजी हरु आफै खाएर फालेको केराको बोक्रामा चिप्लेर लड्दा पनि सरकारलाइ गालि गर्ने देसको को मुंनछे हु यार म अलिअलि आवेग त मैले नि पोख्न पाउन पर्यो नि साला अनि आफै मन बुझाउछु "सोच बदलौ देश आफै बदलिन्छ" तर तेसो भएन यहाँ खालि रक्सिका बोतल र चुरोटका ठुटाहरु मात्र बदलिएका छन।

अनि REVANGE  को कुरा नगर भो तिम्रो बुढा लाइ टन्न रक्सि खुवाएर बुढी कुट्न पर्छ भनेर सिकाउने नि मै हो। अनि सुन धेरै राम्रि छु भनेर घमण्ड नगर राम्रीले नि खाने त्यै भातै हो ,निन्द्रा लाग्दा सुत्ने त्यै खाट हो , अनि मर्दा लाने त्यै घाट हो  !!!

अनि अन्तिममा "मलाइ गाजा खाएर सुकेको भन्ने मुजीहरु दाहिने हातको रेखा हेरेर बोल्ने गर!"
2075-04-28