सधै लोकतन्त्र र क्रान्तीको पर्यायबाचि वन्दै आएको ने.वि. संघ देशमा भएका विभिन्न राजनीतिक एवं शैक्षिक परिवर्तनको नेतृत्व लिदै ४६ र ६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रह्यो । नेपाल विद्यार्थी संघको मुल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हुन।ने.वि.संघ सदस्यको वस्तुगत र वास्तविक पहिचान भनेको विद्यार्थी हो । साथै अन्य पहिचानहरु प्रजातान्त्रिक समाजवादमा विश्वास हुनुपर्ने, जुझारु, लोकतान्त्रिक चरित्र र अनुशासन हुन् ।
संठगनको चरित्र पूर्णतया लोकतान्त्रिक हो र नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने व्यक्ति विद्यार्थीले चुनेको विद्यार्थी नै हो। देशमा राजनीतिक परिवर्तन सँग फरकपन ठिक भएतापनि बढी नकारात्मक फरक हामी पाउँदै छौ । हिजो ने.वि. संघ वि.पी. कोइराला प्रति पूर्ण बफादार थियो तर आज विचार र आदर्श त फरक कुरा हामी वि.पी.को भौतिक रुपमानै संरक्षण गर्न नसक्ने भएका छौं ।
लोकतन्त्रको फरक अभ्यास टिकेतन्त्रमा ने.वि. संघमा चुर्लूम्म डुवेको छ । विद्यार्थीको अधिकारको लागि लड्ने विद्यार्थी नेता नभएर नेताको चाकरि गर्ने आजको ने.वि. संघ भएको छ । मानिसको अगाडी बोल्न नजान्ने कहिले विद्यालयको अनुहार नदेखेका, चार वर्ष पहिले नै विद्यालय छोडेका, शिक्षालाई व्यापारिकरण गर्न लागेका आजका ने.वि. संघ नेता छन् । ने.वि. संघको मूल पहिचान विद्यार्थी संगठन हो या होइन भन्ने विषयमा संका उत्पन्न हुन थालेको छ ।
हामिले कलेज छोडेकालाई आफ्नो नेता किन मान्ने ? महाधिवेशन नगर्नु गलत हुनेछ र यसको पिडा हामी पनि बुझ्छौं । काग्रेस नेतृत्व र पहिलेका केहि अयोग्य र असक्षम नेताले गरेको गल्ति अहिलेका विद्यार्थीहरुलाई नभोगाउनुहोस् ।
पहिलेका र अहिले ने.वि. संघ नेतृत्वको लागि वसेका आदरणिय नेताहरुलाइ आग्रह गर्न चाहन्छु कि तपाईहरु साच्चै विद्यार्थी आन्दोलनका पक्षमा हुनुहुन्छ भने युवा वर्गको लागि काग्रेसले कल्पना गरेको तरुण दलमा तपाईहरुलाई स्वागत छ र जुन दिन तपाइले कलेज छोड्नु भो त्यहि दिन नै तपाईको विदाइ ने.वि. संघबाट भईसक्यो ।
तपाईहरुले विश्व विद्यालयमा फर्जि भर्ना पक्कै गर्नु भाहोला फर्जि विद्ययार्थि नेतालाइ वास्तविक विद्यार्थीले आफ्नो नेता मान्न सक्दैनौं । यदी आजको नेपाली काग्रेस र काग्रेस नेतृत्वलाई साच्चै भित्री मन र हृदय देखि लोकतान्त्रिक चरित्रको विद्यार्थीलाई मात्र संगठित गर्ने ने.वि. संघको आवश्यकता हो भने तुरुन्त महाधिवेशन गराउनुको विकल्प छैन ।
जय नेपाल