मेरो संसारमा पहिलो नारीको रुपमा मेरी  प्यारी आमा पाए। उहा बाट मइले धेरै माया ममता पाए। म संसारको एक अर्को सन्तान हु जसले आफ्नो आमा बाट धेरै माया पाए। तेसरी नै दिदि, साथी को नातामा धेरै केटि हरु मेरो जिबनमा आए अनि प्रेमिका को रुपमा नि..............माया भन्ने चीज एस्तो चीज हो नि जुन जति पाए पनि नपुग्ने रहेछ। संसारमा आमाको भन्दा चोखो अनि निश्चल माया कसैको हुदैन। मैले आज थाहा पाए तर अरु कसै बाट ...............। माया कुन रुपमा अनि कति बेला अनि कसरि आउछ थाहानै न हुदो रहेछ।

मेरो जिबनमा धेरै साथी को माया पाए।अनि प्रेमिका को पनि ...तर भनिन्छ नि मुटु देखि मन पर्ने चाहि एउटै हुन्छ  भनेर । तेस्तै मेरो जिबनमा पनि भयो ।मइले उसलाई कहिले कसरि अनि कहिले देखि मन परौन थाले थाहा छैन, न उसको आखामा आसु देख्न सक्थे न उसको उदासी पन नै । म जहिले नि उसलाई साथ् दिन चाहन्थे अनि पाउन पनि । समय बित्दै जादा उसले पनि मन पराउने रहिछ थाहा पाए।अनि हाम्रो समय रमाइलो नै बित्दै थियो , हामी सधै अनि संगै प्राय खुसि नै  थियौ सायद।तर समय हो एक चोटि त खराब समय आउछ सुनेको थिए तर एती  चाडै अनि येसरी आउछ भनेर सोचेको थिन न मैले न उसले । हामी सधै संगै हुने अनि दुखः सुख मा साथ् दिने कसम खान्थ्युम तर  कसम अनि बाचा तोड्न को लागि हुने रहेछ।कति आफुले तोडे अनि कति  उसले । न त् म उसलाई दोषनै दिन चाहन्छु न के हि  भन्न नै.....अहिले हामी  एती नजिक छौ तर नि हामी  एती टाढा भइ सकेको छौ कि सायद कैले नि हामी एक अर्का लाइ देख्ने छैनौ ।ट्रेन बाट जम्मा ४ स्टेशनको दुरी मा छौ अहिले हामी तर न उसले भेट्ने कोसिस गर्छे न म नै गर्ने छु। उसको एक कल नै मेरो लागि अन्तिम कल भयो, अनि उसको स्वर पनि । त्यो बेला जति जे कुरा भयो त्यो न म अहिले म सुनाउन चाहन्छु न सम्झिन नै .... तर याद न हो सधै आउदो रहेछ । हर रात हर दिन काडा सरि बिझौछ ... म त्यो दिन कति छटपटाए मलाई मात्र थाहा छ। उसको एक प्रस्नले मेरो चुलबुल मन अनि दिमाग लाइ सोच्न बाध्य तुल्यायो । प्रस्न थियो “ म तिमि लाइ रोजुकि मेरो परिबार लाइ? ” ....त्यो एक प्रस्न अनि मेरो एक उत्तरले आज हाम्रो माया अनि हाम्रो मित्रता सकियो । तेस पछि न मैले उसलाई  कल गर्न नै प्रयास गरे न उसले नै । म उसलाई कति माया गर्छु मलाई थाहा छैन ....तर उसले मलाई कति माया गर्छे मलाई थाहा छ ।

एक  नारी आमाको रुपमा अनि अर्को नारी प्रेमिका को रुपमा तर दुबैको मन अनि माया तेस्तै ............आफ्नो लागि नसोची आफ्नो परिवारको लागि मात्र सोच्ने अनि त्यहि गर्ने । आफु नखाइ अनि आफ्नो मतलब नगरी आफ्नो परिवारको लागि खुसि हेर्ने सोच्ने अनि सक्ने । भगवानले नारीको मन कोमल अनि ढुंगाको पनि बनाए। जुन मन ले दुख अनि सुख पनि सजिलै सहन सक्ने । मलाई जे भए पनि जहाँ  गए नि म न त मेरो जिबन  का यी दुइ नारि लाइ भुल्न सक्छु न चाहन्छु नै ।