के भन्नु खै यो काठमाडौँ सहरको खबर , सब गोलमाल
छ,सधै अस्तबयस्त कतै गइयो भने भिडभाडमै हराउला जस्तो हुन्छ । कैले कही त् मान्छेहरु अनि यहाको बातावरण देख्दा
त् वाक्क दिक्क लागेर आउछ कतै सुनसान ठाउमा गएर जिबन बिताउ जस्तै लाग्छ तर के
गर्नु यस्तै ठाउमा बस्नु छ, जे हुन्छ देखा जाएगा ।
अनि यो सहरको राम्रो कुरा भन्नु पर्दा चाहि, त्यो
हो म कस्तो बकवास हा हा हा........... ल ल मैले एकछिन मजाक पो गरेको जे होस् ,बेलुका
तिर साथीहरु संग काठमाडौँ को बाटोमा हुने चिया पसलमा बसेर ,चिया र चुरोट मा टाइम
पास गर्न चाहि सारै रमाइलो हुन्छ प्राय केटीहरु चाहिँ मधिसे हरु संग पानि पुरी
खान्छन् क्यार । काठमाडौँ को झिलमिल
साझमा जिबन निकै बिन्दास हुने गर्छ ....अनि डिस्को, डान्स बार, रेस्टुरेन्ट,
होटेल, क्यासिनो को त कुरै नगरौ ...................यी ठाउहरु त अस्लिलता अनि
बिकृति का थुप्रा हरु मात्र हुन्, मजा त बाहिरी दुनिया मै छ.......... जसले जे भने
पनि ।
यो काठमाडौँ मा सबै भन्दा बढी गफ हुने भनेको
राजनीति नै हो। यहाँ त हरेकको घरमा
राजनीतिज्ञ छन् तर असली राजनीतिज्ञ थोरै मात्र छन् जसले देश बनाउने सपना देखेको
होला हरेक रात । प्रचन्डे ,झल्लु,
माकुने, सेरे, .....यहाँ का कुख्यात नेताहरुमा पर्छन।
कुरै कुरामा अलिकति माया प्रितीको पनि कुरा गरुम
न है आज भोलि त काठमाडौँ का साना देखि ठुला सबै नेट को सहारा ले माया प्रिती
लगाउने भएका छन्। अझ जसलाई love
को नेपाली translation
थाहा छैन उसले नै
फेसबुकबाट “आइ लब यु” भन्दै गर्छ आफ्नो बिपरित
लिंगी लाइ। romeo-juliet
ले नि फ्लप् खाने
बेला आइसक्यो यहाँ का मान्छे हरुको real
love story ले
गर्दा ....... धेरै नमुना हरु त अझै जन्मनै बाकी छन्।
यस्तै हो मेरो काठमाडौँ , बाकी कुरा अर्को भागमा
भनुम्ला ......अहिले लाइ बाई बाई। ……........ आफ्नो नि ख्याल राख्नु
होला
जय नेपाल
जय काठमाडौँ