......FM  .....कुरा चल्दै थियो लोकल चिया पसल अनि त्यहाँ को गफगाफ को..... उनि हरुभन्दै थिए ...रिसर्च , सर्वे इत्यादी .....चिया पसल हरुमा ‘एक कप चिया’ संग एउटा ‘चुरोट’ बिक्रि हुन्छ रे !

अब .....मलाई खुल्दुली संगै जान्न मन लाग्यो .............यो मेरो जस्तै गफ हो कि साचै हो भनेर !

.......अनि वारी पारि हेरेकोत सबै ‘लोकल चिया पसल’ मात्र ! लौ ....................अब म पनि एक कप चिया र चुरोट तान्ने मुड मा ....................

अनि लोकल चिया पसल ..... हेर्यो .......ठयाकै ब्रिटिश  'Men's Only' Exclusive कलब होला ! अनि त्यो नारि .........’चिया पसल साहुनी’... अनि म पनि बसे ..........एक कप ‘दुध चिया’ को लागि !

दूइ जना दाईहरु मेरो अगाडी बसेर कुरा गरि रहेका थिए ‘सबै जग्गा को भाउ खत्तम भयो’ हो , सत्य हो ! दूइ वर्ष अगाडी .......सबै जना कुरा गर्थे उही ....जग्गा सग्गा ........................हाम्रो छेउको मासु  पसले सधै अरु दिन मात्र पसल खोल्थ्यो .....उ एकदम बिजी थियो ....भैसे पाटि तिर ‘राम्रो जग्गा’ जहाँ प्लटिंग स्लटिंग गर्न मिल्छ रे !

अनि .................मेरो घर अगाडी को ‘फर्निचर पसले’ त् ........खुल्थ्यो तेस्तै ..........हप्तामा एक पटक ! किन हो भन्या त ...अरु दिन त काठमाडौँ मा जग्गा हन्टिंग गर्दै मा समय बित्छ रे !

अनि ....दुइ ...जग्गा दलालहरु ब्यस्त थिए आफ्नो ब्यबसायको बारेमा कुरा गर्न..................अनि उनीहरुको हातमा पनि ‘चिया अनि चुरोट’........

तेस पछि एसो अगाडी पट्टी हेरेको त एक हुल (६-७) सरकारी कर्मचारीहरु व्यस्त थिए राजनीतिक गफ-गाफ्मा ! ...अब राष्ट्र पतिलेनै हो ..........जे गर्नु छ .........तेस ले नि गर्ने हो नि  ..........अनि हाम्रा सरकारी कर्मचारीहरु पनि सबै ‘चिया र चुरोटमा’ रमझम गर्दै ...एक छिन् त......’चुरोट दिवस’ नै सुरु भए जस्तो !

अब .......कुरा गरम प्रधानमन्त्रिको .... उसले त् झन् निर्णय गर्नु छ ....हाम्रो महान ..........जी को कस्तो  हाल होला  बिचरा म  आसा गर्छु उ व्यस्त होला.....सोचला ..... चिया र  चुरोट तान्दै!

अनि म पनि ‘टुधचिया’ को स्वाद लिदै थिए .... एउटा डन आइपुग्यो ...... कपाल लामो , मुन्द्रा सुन्दरा लगाको ....अब जम्मा दुइ खाले मान्छे हरु मात्र छन् काठमाडौँ मा ....जसको कपाल लामो र कानमा मुन्द्रा सुन्द्रा झुण्डेको!

पहिलो समूह त्........हाम्रा डन छोरा हरु भै हाल्यो ! हो, सबै जना चाहन्छन् त्यै डनवाला आज भोलि! बैंक तिर लोन सोन लिन ...........स्कुल हरु मा त स्टेण्ड  बाइ रे .....अनि परिवारका अथवा तेस्रो पक्ष्यका केहि कारण लिएर आए भने ......... आज कल त् होस्पिटलहरु मा पनि डन  कल्ब नै छ रे !

अनि हाम्रो नेताहरुको त कुरा नै छोडी दिउन ! उनि हरुनै डन अनि अरु डन- सन पालेर राखछन् ! सुजाताको घरमा त जैले पनि ३०जना डन हरु त   'ready to rumble’ रे !

अनि दोस्रो समुह चाही हाम्रो  आर्टिस्ट- सर्टिस्ट .......म्युजिक-फोटो –पैन्टिंग सैन्टिंग वाला हरु  ! उनि हरु लाइ पनि बेला बेला मा हाम्रो नेपाल(चोर) पुलिस हरु ले दुख दिन्छन ........ डन सन भनेर ।

ओक ... अब कुरा गरुम डनको भ्रमणको .............डन अनि उसको ५ चम्चा हरु ....................चिया पसलमा ....चिया सिया को लागि ! अनि साहुनि तयार हुदै थिन ६कप् चिया अनि ६ ओटा चुरोट !

अनि एक छिन् डन हरुको गफ सुने ........खास गरि ...........सुन्नै पर्दैन उनिहरु  आफै मोबाइल निकाल्छन अनि अनि  फोन मा ........गाली गर्छन

ये दाइ तपाइले बुझेन जस्तो छ .................अब म नै आएर बुझाई दिम ...........रे

अनि उसले सबै सब्दहरु प्रयोग गर्यो जुन उसले ‘स्कुल’ मा सिकेको होला........तेरो मया.....तेरो मु......पर्खी र....को ...छो.........अनि साहुनीलाइ हेरे ........येही हो मेरो  चिया र चुरोट को मूल्य ................म साचै  दिन्न.......रे

डन  हरु त चिया सिया पनि राम्ररी नपिकन गए तेस पछी त ............अब कसको खुट्टा भाचिने भयो काठमाडौँ मा ! हाम्रो देश मा फुर्सद न भाको हरु .................यी डन र नेता हरु मात्र होलान?

मेरो चिया पनि सक्यो अनि  चुरोट  पनि .....म क्यास काउन्टर तिर लागे

‘दिदि’ कति भयो?

चिया अनि कति ओटा चुरोट ?

चिया मात्र चुरोट  आफ्नै हो

ये .....यहाँ त सबै चिया र चुरोट मात्र हो .............

लौ १० रु दिनुस

लौ ....त् मेरो पनि गफ सकियो .....त्यो fm को कुरा साचै रहेछ ...........१० मिनेट जति बसियो होला ................२० कप चिया र १९ ओटा चुरोट बिक्रि भयो ...साहुनी को जय होस्!

अनि....तर.....दुइ प्रकार का मान्छे हरु को को र म मलाई.......हाम्रो दाइ C.S. Lewis को  die-log याद आयो ....

"There are only two kinds of people in the end: those who say to God, 'Thy will be done,' and those to whom God says, in the end, 'Thy will be done."