आज दिउँसो जब खाना खान म घर पुगे तब देखेकी मेरि छोरिले आफ्नो खुत्रुक्के फुटाएर तेस्मा जम्मा भएको पैसा मुठ्ठिमा लिएर बसेकी रहिछिन।

मैले सोधे छोरी यो खुत्रुक्के किन फोरिदिएको तिमिले ?
एति सोध्न नपाइ छोरी रुन थालिन अनि दौडेर आएर मलाइ अङ्गालो मारेर रुन थालिन..

मैले सम्झाएर भने छोरि तिमी किन रोएको बाबाले तिमिलाइ के भनेर मैलेत मात्र सोधेको थिए खुत्रुक्के भरिएकै थिएन पैसाले किन फोरेको केही किन्न मन लागेको भए मलाइ भनेको भए हुन्थ्योनी भनत यो लिन फोरेको तिमिले ?
 
मायालु स्वरमा छोरिले भनिन बाबा हाम्रो आन्टी बिरामी हुनुहुन्छ अङ्कल पनि बिहानै देखी बाहिर काममा जानु भएको छ आन्टिलाइ धेरै जरो आएको छ आन्टी दुखाइ सहन नसकेर चिच्याउदै हुनुहुन्छ।
एकछिनत म छोरिलाइ हेरेको हेरेइ भए आँसु हरु मेरो आखाको डिल मा आएर रोकिएको थियो...मैले भने तिम्रो आन्टी सङग त तिम्रो ममिको झगडा भएको थियो फेरि पनि तिमी यो सब किन गर्दै छौ ?
छोरिले बिस्तारै कानमा आएर भनिन आन्टि सङग झगडा ममिको भएको हो मेरो हैन बाबा म यो पैसा लिएर गएर आन्टिको लागि मेडिकल बाट औषधि लिएर आउछु।

मैले मेरो भाइलाइ फोन गरे र सोधे भाइ कहाँ छस उसले भन्यो दाइ म काम मा छु साझ अलि ढिलै हुन्छ होला घर फर्किन काम अलि बडिनै छ...

मैले डक्टर साहब लाइ फोन गरे बुहारि लाई चेक गराए जानेबेला डक्टर को फि दिन पर्स खोलेर पैसा दिन खोजेको मात्र थिए छोरिले भनिन डक्टर अङ्कल त्यो पैसा नलिनुस यो लिनुस मैले खुत्रुक्के फोरेर पैसा लेराएको छु....

डाक्टर साहब ले मेरो अनुहार मा हेर्दै भने सानी छोरित ठुला मान्छेले जस्तो कुरापो गर्छिन त आखिर कुरा के हो ?
मैले म खाना खान घर भित्र पसे देखिको कहानी सबै सुनाए

डक्टर साहबले एकोहोरो मलाइ हेर्दै भने
हेर्नुस एस्तो सफा मनका हुन्छन छोरी हरु...याद छ एकदिन यहि छोरी नजन्माउनको लागि तपाईं गर्भपतन गराउने सल्ला गर्न म कहाँ आउनु भएको थियो याद गर्नुस त्यो दिन मैले तपाइलाइ के भनेको थिए......

डाक्टर ले केही औषधि हरु लेखिदिनु भयो औषधि लेखेको प्रेस्किप्सन दिदै भन्नू भयो मलाइ बिरामी जाचेको फि दिनु पर्दैन आज यो छोरिले लाखौ खर्च गरेर पनि पाउन नसक्ने शिक्षा हामिलाइ दिएकी छिन....आजको जाचेको फि को पैसा ले छोरिलाइ अर्को एउटा नया खुत्रुक्के किनिदिनु......

म हैरान हुँदै सोचिरहेको थिए जुन छोरिलाइ नजन्माउन म छोराको आसमा गर्भपतन गराउने सोचेको थिए मैले भुलेको थिएकी  पछि त्यही छोरा हरुले बुडेस्कालमा बृद्दाश्रम को ढोकामा लगेर हामिलाइ छोडिदिन्छन.....

 प्राय छोरा हरु बाबू आमाको दिल तोडिदिने गर्छन
 तर छोरी हरु ममताले मन भरिदिने गर्छन..
पराइ धन भएरपनी कहिले पराइ हुदैनन छोरिहरु
त्यसैले त छोरा मरेर जादापनि सम्हालिने बाबू का आँखा
छोरिको  बिबाह को बिदाइमा रसाउने गर्छन.....