चरि इन्काउन्टरमा पर्द समाजसेवी युवा नेता भन्दै युवा संघले धादिङ बन्द गरेर सहिद  घोषणा गरेकै हो । घैँटे इन्काउन्टरमा पर्द नेविसंघका साथीहरूले काठमाडौंमा जुलुस निकालेर विरोध गरेकै हो । दर्जनौंलाई गोली ठोक्दै जिम्मेवार लिने मनोज इन्काउन्टर पर्द सोझो आदिवासीको छोरा मार्यो भनेर कयौंले विरोध गरेकै हो ।

हिजो गणेश लामा पक्राउ पर्दा  काभ्रेमा टोले तिघ्रे तन्नेरीहरु  समाजसेवी गणेश दाई रिहा गर भन्दै बनेपामा जुलुस निकालेकै हो । फेसबुकमा पहिचान र परिवर्तनका कुरा गरेर कहिल्यै नथाक्ने पाँडेहरुले सोझो जनजातिको छोरो राज्यले फसायो भनेर चर्को विरोध गरेकै हो ।

फाँसी दिने कानुन नभएको देशमा हत्यारालाई फाँसी दे भनेर सरकारको चर्को आलोचना पनि गर्ने अनि जब हत्यामा संलग्न भएकालाई प्रहरीले गोली ठोकेर मार्यो अनि मानब अधिकार हनन भयो भनेर पुनः प्रहरीको पनि विरोध गर्दै बस्ने कस्तो चरित्र हो हाम्रो !

ति दुई युवाहरूले हत्या गरेको सुइकार गरेर बालकको शव गाडेको ठाउ समेत देखाए पछि हत्या ति दुई युवाहरूले नै गरेको प्रष्ट भएपछि प्रहरीले हत्याराहरुलाई इन्काउन्टरको नाउँ दिएर गोली ठोकेर मारे किनभने यिनीहरूलाई पक्राउ मात्रै गरेको भए लामाहरुले भोटको लागि भए पनि पावर सो गरेर छुटाउने नै थियो त्यो विगतको इतिहासले प्रष्ट पार्छ नै ।

दोस्रो कुरा त्यो घट्नामा अरु व्यक्ति पनि संलग्नता छ भने तिनीहरू मार्दैमा प्रमाण पनि मर्यो भनेर भन्नु अलि स्वाभाविक हुदैन किनभने अहिले जमाना धेरै अगाडि आइसकेको छ । फोन रेकर्ड देखि विभिन्न प्राविधिक कुराहरुबाट पनि बाँकी संलग्न अपराधीहरु समाउन सकिने कुरामा दुइमत छैन । त्यसैले प्रहरीको मनोबल घट्ने तर्क चहि गरिन्न । फाँसी दिने कानुन नबने सम्म इन्काउन्टर गरेर मात्रै अपराध नियन्त्रण हुन सक्छ ।