"अाज कति चिसो छ हई " उसको नजिक जाने बाहानामा म भन्थे , उ अलि पर सर्थी अनि म तिर फर्किएर " खै मलाई त तेस्तो लागेन " मलाई गलत साबित गराउदै  भन्थी । 
      म उसलाई गिज्याउदै अझ हाबी हुँदै भन्थे " ननुहाएको धेरै भएछ क्यारे तिमीले , त्यही भएर यस्तो चिसो अनुभव भएको छैन तिमीलाई । अब हाबी हुने उसको पालो थियो , कड्के अाँखा मलाई तार्दै उ भन्थी " अाफु जस्तो छ अरूलाई नी त्यस्तै सोच्दो रहेछ , जाउ बोल्दिन म " । 
  
     केही छिनको लागि सन्नाटा छाँउथ्यौ , अनि त्यो सन्नाटा चिर्दै म गित गाँउथे , थाहा थियो मेरो अावाज मीठो थिएन , गीत सुन्नासाथ उ मरिमरि हास्थी , उ सँगसँगै म नि हासी दिन्थेँ । अोठ माथिको उसको कालो कोठी उ सँगसँगै हास्थ्यो , म एक ट्कले उसलाई निहाली रहन्थे । उ छेवैमा अाउथी र tight hug गर्थी । यो सब मलाई हँसाउन तिमीले गरेको हई ? मलाई अझ जोडले अँगालेर उ सोध्थी । 

    " नई यो सब त मैले अाफ्नो अावाज अझ सुरिलो बनाउन गाएको  " म उसलाई चिड्याउथेँ । मेरो छातीमा मुड्की बजार्दै , You silly भन्दै अँगालोबाट छुटिन्थी । 
       अाज त्यही ठाँउमा छु म जहाँ हामीले अविस्मरणीय पलहरू बिताएका थियौं , म त छु तर साथमा उ छैन । थाहा छ उ अाफ्नै दुनियाँमा खुसी छे ,अब फेरि फर्किएर मसँग अाउदिन । तर त्यसदिन पक्कै अाउने छे उ जुन दिन म दैवको प्यारो हुने छु अनि चुम्दै मेरो निधार उ बोल्ने छे , अब त उठ हेर म अाई सकेँ । न म उठ्ने छु न उ नै थाक्ने छे मलाई बोलाउन , जोडजोडले मेरो मुटुमा अाफ्ना हातहरू बजार्ने छे र सायद त्यस क्षण उ प्रतिको मेरो माया , उ प्रतिको भावना मेरो खुल्ला रहेको मुखबाट बाकी रहेको सासको अंश बनी निस्कने छ अनि कतै त्यही वायुमण्डलमा बिलिन हुने छ ।।